काठमाडौं । लामो बहस र रस्साकस्सीपछि सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)ले अमेरिकी सहयोग परियोजना एमसीसी यथास्थितिमा पास गर्न भन्दै जबरजस्ती गरे सरकार छोड्ने निर्णय गरेको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बसेको दलको बैठकले यथास्थितिमा एमसीसी पास गर्न नसकिने निर्णय गरेको हो।
माओवादीका प्रमुख सचेतक देव गुरुङले एमसीसीमा रहेका असमान प्रावधानहरु संशोधन नगरी पास गर्न नसकिने जानकारी दिए।
‘एमसीसीमा रहेका असमान सर्तहरु, असमान प्रावधानहरु संशोधन नगरी यथास्थितिमा यसलाई अगाडि बढाउन सकिदैन,’ बैठकपछि उनले भने, ‘यसलाई पास गर्न सकिदैन। जबर्जस्ती पेस गरियो भने समर्थन गर्न सकिँदैन।’