काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले उम्मेदवार छनौटका मापदण्ड बनाएको छ। एमालेले अन्तरपार्टी निर्देशन–३ जारी गर्दै ६ बुँदे मापदण्ड तल्लो कमिटीलाई पठाएको छ।
पार्टीको दिगो आर्थिक स्रोतका लागि विभागका प्रमुखले ५ हजार रुपैँयाका दरले ५ हजार जनाले लेवी तिर्नुपर्ने छ। यो अभियानलाई ‘फाइभ थाउजेण्ड बाइ फाइभ थाउजेण्ड अभियान’ नाम दिइएको छ।
एमालेका उच्च आय भएका ५ हजार सदस्यले यो कार्यकालभरि नै अनलाइनमार्फत् हरेक महिना ५ हजारका दरले योगदान गर्नुपर्ने निर्देशनमा उल्लेख छ। आ(आफ्नो क्षेत्रमा यस्ता आय भएका र योगदान गर्न इच्छुक कमरेडहरूको नामावली संकलन गर्ने र उक्त नाम चैत महिनाको अन्त्यसम्ममा केन्द्रीय कार्यालयमा उपलब्ध गराउन अनुरोध गरेको छ।
महानगर र उपमहानगरपालिकाको प्रमुख तथा उपप्रमुखमा उम्मेदवारको सिफारिस सम्बन्धित महानगर र उपमहानगर कमिटीले गर्ने भएको छ।