काठमाडौं । नेकपा एमालेले ‘मिसन ग्रासरुट’ अभियानका लागि केन्द्रीय सदस्यहरुलाई खटाएको छ ।
एमालेले अभियानमा पालिका पालिकामा खटिने केन्द्रीय सदस्यहरुले सदस्यता नवीकरण, प्रशिक्षण, जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुधार, पार्टीबारे राय सुझाव लिने जस्ता काम गर्नुपर्ने जनाएको छ । सत्ता गठबन्धनमा केही खटपट देखिएसँगै एमालेले आफ्नो संगठन बिस्तारमा जोड दिन थालेको छ ।


