काठमाडौं । नेकपा ( एमाले) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारलाई असहयोग गर्न नेपाली कांग्रेसले कर्मचारीहरुलाई उर्दी नै जारी गरेको दाबी गरेका छन्।
उनले आफ्नो गृहजिल्ला झापाको चन्द्रगढीमा नेपाल निजामती कर्मचारी संगठनको भवन आइतवार उद्घाटन गर्दै यस्तो आरोप लगाएका हुन्।
नेपाली कांग्रेसले लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध लाग्न कर्मचारीलाई निर्देशन दिएको दाबी पनि उनले गरेका छन्।सरकारले कर्मचारीतन्त्रलाई सत्ता अनुकूल प्रयोग गरेकोसमेत अध्यक्ष ओलीले आरोप लगाएका छन्।