काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले बेसहारा र अभिभावकविहीनको अभिभावक एमाले भएको बताएका छन् ।
कपिलवस्तुको बहादुरगंजमा मंगलवार आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले बेसहाराका लागि सामाजिक सुरक्षा भत्तालाई प्रोत्साहन गरेको बताएका हुन् ।
ओलीले भने, ‘म ७० वर्षको भएँ । १८ घन्टा काम गर्छु । तपाईँहरू पनि काम गर्नुस् अनि मात्र पार्टी अघि बढ्छ ।’
पूर्वप्रधानमन्त्री ओलीले नेपालको जमिन बाँझो राखेर भारतलाई पानी दिन नसकिने बताए । उनले कपिलवस्तुमा कृषि सिँचाइको लागि अब नौमुरे योजना छिटै शुरू हुने बताए ।
अध्यक्ष ओलीले आफ्नो कार्यकालमा भारतसँग सुमधुर सम्बन्ध स्थापित गरेको दाबी गरे ।
आफू प्रधानमन्त्री हुँदा कपिलवस्तुको तौलिहवाजस्तो शहरलाई ५० लाख रकम विनियोजन तथा सडक पूर्वाधारको लागि रकम विनियोजन गरेको बताए ।