काठमाडौं । एमाले छोडेर नेकपा यस बनाएका माधव नेपाललाई सुरुमा कांगेसले आफ्नो जत्तिकै मन्त्रालय दिने भनेर लोभ देखाए पनि अन्तिम समयमा नराम्ररी पछारिदिएको छ ।
उसलाई अहिले जम्मा ४ मन्त्रालय दिने सहमति भएको छ त्यो पनि कम पावर भएका मन्त्रालय । हिजो बसेको सत्ता गठबन्धन बैठकमा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले चार–चार मन्त्रालय दिने सहमति भएको हो । गरी मन्त्रालयको भागबण्डा टुंगो लागेको छ । यसले उक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सहरी विकास, कानून तथा संसदीय मामिला र श्रम तथा रोजगार मन्त्रालय पाउने भएको छ ।
एकीकृत समाजवादीबाट मन्त्री बन्ने व्यक्तिको नाम लगभग टुंगो लागिसकेको छ । सांसद विरोध खतिवडाको नेतृत्वमा एकीकृत समाजवादी सरकारमा सहभागी हुनेछ भने रामकुमारी झाँक्री, मेटमणी चौधरी र प्रेम आले मन्त्री बन्ने लगभग पक्का रहेको एकीकृत समाजवादीका नेताहरुले बताएका छन् ।
कांग्रेसले आफूलाई शक्तिशाली मन्त्रालयसहित ९ मन्त्रालय आफ्नो भागमा राखेको छ ।