काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री आसन्न स्थानीय निर्वाचनमा पार्टीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न यतिबेला देश दौडाहमा छन् ।
उनी आज एमालेले आयोजना गरेको स्थानीय तह लक्षित निर्वाचन सभाहरुलाई सम्बोधन गर्न विराटनगर जान लागेका हुन् ।
एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार बिहान १० बजेको यति एयरलाइन्सबाट विराटनगर झर्ने ओली सुनसरीको धरानमा आयोजना हुने चुनावी सभामा सहभागी हुनेछन् ।
धरानको सभालाई सकेर ओलीले सुनसरीको इटहरीमा आयोजित सभालाई सम्बोधन गर्ने, त्यसपछि विराटनगरमा र पुनः मोरङको सुन्दरहरैंचास्थित विराटचोकमा आयोजित सभालाई सम्बोधन गरेर काठमाडौं फर्किने कार्यक्रम रहेको पोखरेलले जानकारी दिए ।