काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १३ हजार ३६ वटा नमुना परीक्षण गर्दा ३ हजार ७५ मा संक्रमण पुष्टि भएको जनाएको छ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ। त्यस्तै २७८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्।
आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना गर्नसमेत सबै नागरिकमा अपील गरेको छ ।