काठमाडौं । तिहारमा खेलिने देउसी र भैलोबारे निर्णय गर्न काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । कोभिड–१९ संक्रमण कायमै रहेको अवस्थामा देउसी भैलो खेल्नेबारे निर्णय गर्न मंगलबार बैठक बस्न लागेको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए । बैठकमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाल, ललितपुरका घनश्याम उपाध्याय र भक्तपुरकी प्रजिअ रुद्रादेवी शर्मा सहभागी हुनेछिन् ।
कोरोना संक्रमण फैलन नदिन स्वास्थ्य मापदण्ड पालना गर्नेगरी देउसी र भैलो खेल्न अनुमती स्थानिय प्रशासनको तयारी छ । उपत्यकामा देउसी भैलो खेल्नका लागी कस्तो मापदण्ड बनाउने भनेर प्रमुख जिल्ला अधिकारीहरुहरुले गृहमन्त्रालयसँग समन्वय गरेर निर्णय लिने भएका छन् ।