काठमाडौं । निर्यातमा आधारित नगद प्रोत्साहन (इन्सेन्टिभ) तुरुन्त पाउने गरी कार्यविधि बनाउन अर्थमन्त्री जनार्दन शर्माले निर्देशन दिएका छन्।
अर्थ मन्त्रालयमा मंगलबार भएको निर्यातकर्ता व्यवसायी तथा सरोकारवालाहरूसँगको अन्तर्क्रियामा अर्थ सचिव र राजस्व सचिवलाई उनले कार्यविधि सहज बनाउन निर्देशन दिएका हुन्।
छलफलमा उनले भने, ‘सरल र सहज रूपमा प्राप्त गर्ने कार्यविधि चाहियो। त्यो कार्यविधि घुमाएर नपाउने खालको होइन सजिलैसित पाउने बनाउनुपर्छ। उसको पैसा आएको भोलिपल्ट पाउने खाल्को बनाउनुपर्छ।’
उनले मूल्य अभिवृद्धिकै आधारमा इन्सेन्टिभको व्यवस्था गरिने पनि बताए।


