काठमाडौं । निर्वाचन आयोगले यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएकाहरुको सूची सार्वजनिक गरेको छ।
आयोगको प्रणालीमा प्रविष्ट भएको आधारमा मंगलबार बेलुका ६ बजेसम्मको सूची सार्वजनिक भएको हो। जसअनुसार १ लाख ४५ हजार ९२ जना उम्मेदवारहरू रहेको आयोगले जनाएको छ । प्राविधिक समस्याका कारणले सूची प्रकाशन गर्न ढिलाइ भएको आयोगको भनाइ छ।
अहिले सार्वजनिक भएको सूचीमा थपघट हुन सक्ने आयोगले उल्लेख गरेको छ।
‘


