काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग प्रतिवाद गरेर अगाडि बढ्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्।
उनले एमाले नेता, कार्यकर्तालाई जाली, फटाहाको संज्ञा दिँदै उनीहरूको प्रतिवाद नगरी आगामी निर्वाचन जित्न नसकिने निष्कर्षसमेत सुनाए।
पार्टीको सम्पर्क समन्वय विशेष प्रदेश समितिले शनिबार ललितपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले अबको डेढ वर्ष एमाले गणतन्त्रविरोधी, संघीयताविरोधी रहेको भन्दै जनतामा जान पनि पार्टीका नेता–कार्यकर्तालाई सचेत गराए। त्यो भयो भने एमालेजस्तो जाली, फटाहा भएको पार्टी थरर्र काम्ने र जनताले आफ्नो पार्टीलाई निर्वाचन जिताउने अध्यक्ष दाहालको दाबी छ।
उनले आफ्ना पार्टीका लडाकु कार्यकर्तामाथि एमालेले आक्रमण गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसो गरियो भने आफ्नो पार्टीले एमालेविरुद्ध देशभर प्रतिवाद गर्ने चेतावनीसमेत दिए।
उनले भने, ‘केपीको हातमा नेतृत्व छ र उनले फेरि एकचोटी माओवादीलाई सखाप गर्ने रणनीति लिएका छन्। उनले डेढ वर्षभित्र हामी सरकारमा जान्छौँ भनेका छन्।’
देशभर एमालेसँग प्रतिवाद नगरी चुनाव नजितिने उनले बताए। उनले भने, ‘यी जाली फटाहाहरूले अहिले हामीलाई हेप्न खोजेका छन्। तिनको सातो खाने। पहिलो आयो है माओवादी भनेपछि जाली फटाहा थरर्र हुन्थे। डेढ वर्ष आँखा चिम्लेर मिहिनेत गरौँ। यो देश हामीले बचाउनुपर्छ, गणतन्त्र हामीले बचाउनुपर्छ। देशको रक्षा गर्नुपर्छ ।’
उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले धेरै दुःख गरेको बताए। उनले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा विजयी भएसँगै आफू खुसी भएको प्रतिक्रियासमेत दिए।
‘आज म खुसी छु। अब म देशलाई माया गर्ने, जनतालाई माया गर्ने असल मान्छे, उत्पीडित क्षेत्र, जनतालाई माया गर्ने मान्छे, राष्ट्रको हित गर्ने सबै मान्छेसँग सहकार्य भएको छ। शेरबहादुरले मलाई पार्टी एकता भइसकेको थिएन, चुनाव भइसकेको थियो। मलाई भन्नुभयो, पाँच वर्ष नै तपाईं प्रधानमन्त्री हुनुस्।