काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको दोस्रो दिन आज नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।शनिबार बिहान भएको भेटवार्तामा नेपाल–भारत आपसी हितका विषयमा कुराकानी भएको जनाइएको छ ।
भेटवार्ता लगत्तै हैदरावाद हाउसमा नेपाल–भारत द्विपक्षीय बैठक भएको छ । बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री देउवा र भारतको नेतृत्व भारतीय प्रधानमन्त्री मोदीले गरेका छन् ।
बैठक सकिएपछि चारवटा परियोजनाको दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम छ ।