काठमाडौं । तीन दिने भारतको भ्रमण सकेर प्रधानमन्त्री शेरबहादुर देउवा आज साँझ स्वदेश फर्किएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निमन्त्रणामा देउवा भारत पुगेका थिए ।
४० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा भारत गएका थिए । उनले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग एक्लाएक्लै र प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गरेका थिए ।
मोदीसँगको भेटमा देउवाले सीमा समस्याको विषयमा समेत कुरा उठाएका थिए । देउवाको भ्रमणका क्रममा नेपाल र भारतबीच ४ वटा विषयमा सम्झौता समेत भएको छ । मोदीले नेपालको विकासमा सहयोग गर्न आफू सँधै तयार रहेको बताएका थिए । यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने निर्वाचन नजिकै आइरहेको बेला भारत जानुपर्ने कारण के हो भन्दै देउवाविरुद्ध अभिव्यक्ति दिएका थिए ।