काठमाडौं । सरकारको स्वामित्वमा रहेको दुग्ध संस्थान डीडीसीले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँदेखि १६ रुपैयाँसम्म बढाएको छ।
उपप्रबन्धक राजेन्द्र अधिकारीले सरकारी निर्णयअनुसार किसानलाई बढेको मूल्य दिइसकेको र आजैदेखि त्यो मूल्य उपभोक्तालाई पर्ने बताए।
संस्थानको बुधबार बसेको सञ्चालक समिति बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको थियो। उक्त निर्णय अनुसार दूधको मूल्य १० रुपैयाँदेखि १६ रूपैयाँसम्म बढेको छ।


