काठमाडौं । नेकपा एसनिकट युवा संघकी वरिष्ठ उपाध्यक्ष क्रान्ती बुर्लाकोटी एमालेमै फर्किएकी छन् । एमालेको विवादको बेला माधव नेपाल समूहले गठन गरेको समानान्तर कमिटीको वरिष्ठ उपाध्यक्ष रहेकी क्रान्ति पार्टी विभाजनपछि पनि सोही समूहमा थिइन् ।
हालै गोदावरीमा सम्पन्न एमालेको विधान महाधिवेशनमा भाग लिएर बुर्लाकोटीले नेकपा एससँगको आबद्धता तोडेकी हुन् । उनका पिता पूर्व सांसद गुरु बुर्लाकोटी नेकपा एसको नेता हुन् ।
पति डा. सन्तोष पौडेलसँगै उनी गोदावरीको विधान महाधिवेशनमा सहभागी भएपछि क्रान्तिले नेकपा एस छाडेकी हुन् । सन्तोषका पिता पुन्य पौडेल पनि एमाले कास्कीका पूराना नेता तथा पूर्वजिविस सभापति हुन् । उनी मूल पार्टी एमालेमा फकिैएसँगै एसनिकट युवा संघमा हलचल नै मच्चिएको छ ।