काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकहरु मर्जर भएर आर्थिक रुपमा थप सबल भएसँगै विकास निर्माणका ठूला परियोजनाहरुमा लगानी गर्न सहज हुने बताएका छन्।
प्रधानमन्त्री दाहालले सोमबार ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार शुभारम्भ कार्यक्रमको औपचारिक उद्घाटन गर्दै यस्तो बताएका हुन् ।
‘बैंक तथा वित्तीय संस्था मर्जर लगायताका कृयाकलापले ठूला परियोजनामा श्रोत जुटाउन सहज हुनेछु, उनले भने, ‘यसले अझ बढी वित्तीय दक्षता बढ्ने छ। अर्कातिर वित्तीय क्षेत्रमा देखिने अस्वस्थ प्रतिस्पर्धा पनि हटेर जाने छ।’
‘बैंक तथा वित्तीय संस्थान देशका आर्थिक क्षेत्रका खम्बा हुन्। वित्तीय साक्षरता र स्वरोजगारमा पनि लगानी बढ्ने विश्वास छु, उनले भने, ‘हाम्रो जस्तो विकाशशील देशमा निजी क्षेत्रको ठूलो भूमिका छ।’
उनले ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूलाई यहाँसम्म ल्याएर देशकै ठूलो बैंक बनाउनु चानचुने कुरा नभएको बताए।


