काठमाडौं नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आफ्नो पार्टी अब पनि नसुध्रिए समाप्त हुने बताएका छन्। मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले कांग्रेस नसुध्रिए समाप्त भएर जाने बताएका हुन्।
उनले पार्टी सकिए आफ्नो र पार्टीका नौ लाख कार्यकर्ताहरुको भविष्य पनि समाप्त हुने बताए। नेता थापाले नौ लाख पार्टीका कार्यकर्तालाई कांग्रेस सकिन्छ भन्ने डर लागेजस्तै नेपाली कांग्रेसको रुख चिन्हमा मत नहालेको मानिसलाई समेत कांग्रेस सकिन्छ भन्ने आवश्यकताको बोध गराउनसके मात्रै त्यसै विजयी बन्ने बताए।
उनले नेपाली कांग्रेस चुनाव जित्छौँ भनिरहँदा आम जनताले कांग्रेसले किन जित्नुपर्छ भन्ने कुराको बोध गराउन आवश्यक रहेको पनि बताए।
नेता थापाले चुनावभन्दा परको अवस्था हेरेर अघि बढेमा मात्रै कांग्रेस सबल बन्ने बताए।
नेता थापाले भने, ‘कसले बिगार्यो कांग्रेस भन्ने मात्रै होइन, कसले सुधार्छ कांग्रेस भन्ने मात्रै होइन, किन सुधार्ने कांग्रेस ? कांग्रेस सुध्रेन भने के हुन्छ? सुध्रेन भने कांग्रेस सकिन्छ। कांग्रेस सकियो भने के हुन्छरु सकियो भने म नेपाली कांग्रेसको कार्यकर्ता भएकोले गर्दा मेरो सबै कुरा पार्टीसँग छ। मलाई चिन्ता लाग्ने सबै कुराहरु मेरा कुराहरु भए। हामी नौ लाख पार्टीका कार्यकर्ताहरु छौँ। हाम्रो पार्टी नै सकियो भने हाम्रो अस्तित्व जोडिएको कुराको नाश हुने कुरा हो।’