काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा संकट ल्याउने काम माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरिरहेको आरोप लगाएका छन् । उनले दोहोरो चरित्र प्रदर्शन गरेकै कारण देशमा संकट आएको बताए ।
पोखरामा गण्डकी प्रदेशका अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको खुलेर विरोधसमेत गरे र
कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘प्रचण्डले २९ सेप्टेम्बरमा पाँच महिनामा एमसीसी पास गर्छु भनेर संयुक्त पत्र पठाएका छन् । अस्ति फेरि एमसीसी पास नगर्ने भनेका छन् । यस्तो द्धैध कुरा गर्न मिल्छ ?
उनले एमसीसी पास गर्नका लागि पर्याप्त मत सरकारसँग रहेको बताए । ‘एक सय ६५ भोट सरकारसँग छ । एमसीसी पास गर्ने भनेको छ,’ उनले भने, ‘एमसीसीको बारेमा हामीले चिन्ता लिनुपर्दैन । एमाले देश र जनताको हितभन्दा बाहिर, कसैका धाकधम्कीका पछि लाग्दैन । देशको हितका पक्षमा के छ भन्ने कुरा छुट्याउन र बुझ्न सक्छ ।’