काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले माओवादी केन्द्रले पुस १० को सम्झौता नमाने माओवादी पतन भएर जाने दाबी गरे ।
एमालेले सञ्चालन गरेको ुमिसन ग्रासरुटु अभियानका क्रममा जुम्ला पुगेका सचिव भट्टराईले माओवादीले पुस १० को सहमति कायम राख्ने विश्वासका कारण एमालेले राष्ट्रपति पदमा उम्मेदवारी दिएको बताए । ुसमझदारीकै कारण एमाले सरकारबाट नबाहिरिएको हो,ु उनले भने,झसम्झौताविपरीत गरे माओवादी पतनको बाटोमा जाने निश्चित छ । यो वामपन्थी एक हुने अवसर भएकाले माओवादीले सहमति कार्यान्वयन गर्नेमा आशावादी छौं ।’
सचिव भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समेत ठूलो अवसर गुमाएको समेत बताए ।


