बाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू सकेसम्म अहिलेको सत्ता गठबन्धन नटुटोस् भन्ने पक्षमा रहेको बताएका छन्।
उनले मंगलबार पेरिस डाँडामा बसेको पदाधिकारी बैठकपछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्रालयलाई लिएर आफूहरु अहिले पनि सल्लाहमै रहेको बताएका छन्।
‘हामी सल्लाह गर्दैछौँ’, उनले भने, ‘सकेसम्म सत्ता साझेदार दल इंगेज भइराख्ने गरी अघि बढ्छौँ। यो गठबन्धन नटुटोस् भन्नेमै मेरो कोशिस छ।’
उनलाई पत्रकारहरुले रवि लामिछानेबारे शुक्रबार सर्वोच्च अदालतले दिएको आदेशबारे पनि जिज्ञासा राखेका थिए।


