काठमाडौं । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको निम्ता अश्वीकार गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राप्रपा महाधिवेशनको अतिथि बनेका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा जारी राप्रपाको एकता महाधिवेशन उद्घाटन समारोहमा माओवादी अध्यक्ष प्रचण्ड सहभागी भएका हुन् । एमालेको महाधिवेशनमा भने उनले आफू नगएर लीलामणी पोखरेललाई पठाएका थिए । सर्बोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र फरक फरक पार्टी भएपछि प्रचण्डले तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई गाली र अनेक लाञ्छना लगाउने काममात्रै गरेका थिए जसकारण उनलाई ओलीसँगै बस्न असहज भएकाले नै उनी एमाले महाधिवेशनमा नगएको चर्चा चलेको थियो ।
राप्रपा महाधिवेशनको उद्घाटन समारोहमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी छन् । त्यस्तै लोसपाका नेता अनिल झा पनि अतिथिका रूपमा उपस्थित भएका छन् ।