काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले राष्ट्रपतिमा प्रधानमन्त्री प्रचण्डले नै एमालेलाई प्रस्ताव गरेको बताएका छन् ।
उनले शनिबार प्रेस चौतारी कर्णालीले सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमालेले प्रस्ताव गरेको व्यक्ति नै सत्तारुढ गठबन्धनको साझा उम्मेदवार बन्ने बताएका हुन् ।
उनले सरकार गठनका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै राष्ट्रपति एमालेलाई दिन सहमति जनाइसकेको बताए । ‘प्रचण्ड कमरेड आफैले राष्ट्रपति लिनुस् भनेर दिन आउनुभएको हो । एमाले माग्न गएको होइन । राष्ट्रपति एमालेकै हुन्छ ।’


