काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) की उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन् ।
उपाध्यक्षका लागि तोकिएको मनोनयनको समयमा अर्यालको मात्रै उम्मेदवारी परेपछि आज बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष गणेश तिमल्सिनाले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । राष्ट्रियसभा उपाध्यक्षमा कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनले भने अर्यालविरुद्ध उम्मेदवार उठाएको थिएन ।


