काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा प्रत्यक्षतर्फ सिट बाँडफाँटका लागि अन्तिम गृहकार्य गर्न सत्ता गठबन्धनका शीर्ष नेतासहितका लागि गठित कार्यदलको बैठक अहिले बिहान बस्दै छ।
आजको बैठकमा सिट बाँडफाँटका विषयमा मात्र छलफल नभई राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमबारे पनि केही निर्णय हुन सक्ने बताइएको छ।
राष्ट्रपति भण्डारीले संसदका दुवै सदनले दोस्रोपटक पारित गरेर पठाउँदा पनि नागरिकता विधेयक प्रमाणीकरण गरिनन्। प्रमाणीकरण गर्ने १५ दिनको समयसीमा मंगलबार राति १२ बजे पनि गुजारेकी हुन्। कार्यकारी भूमिकामा नरहेकी राष्ट्रपतिको यस खालको कदमलाई लिएर विरोध र समर्थन दुवै भइरहेको छ ।


