काठमाडौं । चीन भ्रमणमा रहेका राष्ट्रिय सभाका गणेशप्रसाद तिमिल्सिना र चीनका राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजीबीच ग्रेट हल अफ पिपुल्स बेइजिङमा सोमबार साँझ भेटवार्ता छ ।
भेटमा अध्यक्ष तिमिल्सिनाले संस्कृति र परम्पराहरूले बलियोरुपमा जोडेको नेपाल र चीनबीच सदियौँ देखि सौहार्दपूर्ण एवं अति घनिष्ठ सम्बन्ध रहिआएको चर्चा गर्दै आगामी वर्षहरूमा नेपाल र चीनबीचको सम्बन्ध थप प्रगाढ बन्दै जाने कुरामा विश्वस्त रहेको बताए ।
अध्यक्ष तिमिल्सिनाले घनिष्ठ मित्र एवम् विकासको साझेदार र असल छिमेकीको रूपमा नेपालले चीनसँगको सम्बन्धलाई सधैँ उच्च महत्त्व र प्राथमिकता दिँदै आएको बताउँदै ‘नेपाल सधैँ एक चीन नीतिको पक्षमा छ’ भने ।


