काठमाडौं । नेकपा (एमाले) का सांसद योगेश भट्टराईले गत पुस १० गतेबाट बनेको नयाँ राजनीतिक कोर्स आगामी पाँच वर्षसम्म जाने दाबी गरेका छन्।
उनले बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कांग्रेसले आफ्नो कोर्स पुरा गर्न नसकेको कारणले नै एमाले अध्यक्ष ओलीले नयाँ कोर्स निर्माण गरेको बताए। उनले एमाले र कांग्रेसको इतिहास हेर्दा एमाले दिने र कांग्रेस लिने मात्रै गरेको इतिहास रहेको उनले बताए।
कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको आभार व्यक्त गरे। उनले प्रधानमन्त्रीलाई जस्तै सभामुखमा देवराज घिमिरेलाई विश्वासको मत दिन आग्रह गरे।


