काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउनसक्ने गरी तयारी गर्न निर्देशन दिएका छन् ।
पूर्व प्रधानमन्त्री उनले आइतबार मंगलादेवी सिंह फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन् ।
देउवाले पार्टीमा आबद्ध सबैले एकआपसमा मिलेर अगाडि बढेमा आगामी निर्वाचनमा बहुमत ल्याउन सकिने बताएका थिए । त्यस्तै, समावेशी, समानुपातिक र महिला हक, अधिकारको दृष्टिले नेपालको संविधान विश्वकै संविधान मध्येको एक उत्कृष्ट दस्तावेजको रुपमा रहेको उनले बताए ।


