काठमाडौं । आज छठ पर्वको मुख्य दिन देशभर सूर्यको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाइँदै छ।
आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ। छठ अवसरमा तराईका नदी, खोला, पोखरी सिँगारिएका छन
भने काठमाडौं गुह्येश्वरीदेखि गौरीघाटमा पूजा आराधनाको व्यवस्था गरिएको छ। तराईवासीहरुले मनाउने यस पर्व पछिल्लो समय काठमाडौं उपत्यका लगायतका स्थानमा पनि भव्यताका साथ मनाउन थालिएको छ ।


