काठमाडौं । सरकारले ऊर्जा सचिव दिनेशकुमार घिमिरेको राजीनामा स्वीकृत गरेको छ ।
विहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो ।
यस्तै, बैठकले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले व्यक्तिगत कारण दर्साई आफ्नो पदबाट दिएको राजीनामा गत कात्तिक २४ गतेबाट लागू हुने गरी स्वीकृत गरेको छ ।


