काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दलले प्रस्ताव गरेको राष्ट्रपतिमा नै सबैको समर्थन हुनुपर्ने बताएका छन् ।
सभामुखको निर्वाचनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘हो, राष्टिय सहमति हुनुपर्छ । एमालेले उम्मेदवार उठाउँछ । त्यसमा राष्टिय सहमति हुनुपर्छ ।’
कांग्रेसले आफ्नो पार्टीबाट प्रस्तावित राष्ट्रपति बन्ने भनि गरेको दावीका विषयमा पत्रकारले प्रश्न गर्दा ओलीले हाँसेर टारेका थिए । एमालेबाट राष्ट्रपतिका उम्मेदवार को बन्छ भन्ने प्रश्नमा उनले भने, ‘त्यो पछि भनौंला ।’


