काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा बुधबारबाट समूहगत छलफल हुँदैछ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकमा प्रस्तुत चार वटा कार्ययोजनामा आजबाट समूहगत छलफल हुने बताए।
बैठकमा पार्टीको समग्र साङ्गठनिक कामको समीक्षा, पार्टीको शुद्धीकरण तथा सुदृढीकरण कार्यक्रमको अवधारणा, जनआधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबका विषय र समसामयिक प्रस्ताव छन्। बैठक यही फागुन १० गतेसम्म सञ्चालन हुनेछ।


