काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न आज नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।
बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने तय भएको छ । केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका बिषयमा छलफल हुनेछ ।
एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।


