काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य युयान च्याच्युन नेतृत्वको उच्चस्तीय टोली काठमाडौं आइपुगेको छ ।
उनी २५ सदस्यीय टोलीसहित नेपाल भ्रमणमा आएका हुन् । चिनियाँ उच्चस्तरीय टोलीले नेपालमा महत्वपूर्ण राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । च्याको भ्रमणको चाँजोपाँजो मिलाउन चीनको नेपाल मामला प्रमुख योया नेपाल आइसकेकी छिन् । चिनियाँ विदेश विभागकी क्रूटनीतिज्ञले आफनो नेपाली नाम सरला राखेकी छन् ।


