काठमाडौं । नर्भिक इन्टरनेशल हस्पिटलले काठमाडौं महानगरपालिकाले दिएको निर्देशन तत्काल कार्यान्वयन गनृ नसक्ने स्पष्ट पारेको छ ।
सोमबार मात्र काठमाडौं महानगरपालिकाले २४ घण्टाभित्र उक्त जग्गा खाली गर्न निर्देशन दिएपछि नर्भिकले मंगलबार पत्रकार सम्मेलन नै गरेर यस्तो बताएको हो ।नर्भिकले सरकारसँग आफू २० वर्षका लागि भाडामा लिएको भन्दै उक्त जग्गा खाली नगर्ने जवाफ दिएको छ ।
नर्भिकले २०६५ सालमा नेपाल सरकारको तर्फबाट भूमिसुधार कार्यालय काठमाडौँका भूमिसुधार अधिकारी लुम्बप्रसाद सिवाकोटीसँग २० वर्षका लागि उक्त जग्गा भाडामा लिएको भन्दै उनले सम्झौता पत्रसमेत सार्वजनिक गरेका छन् ।
पत्रकार सम्मेलनमा हस्पिटलका अध्यक्ष सिंहले उनले महानगरले खाली गर्नु भनेको जग्गामा टहराहरू बनाएर अक्सिजन प्लान्टदेखि बिजुली, पानीजस्ता अत्यावश्यक वस्तुहरूको सप्लाइ गरेको जानकारी दिए ।


