काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई मेडिकल शिक्षा पढाउने तयारी गर्न निर्देशन दिएका छन् ।
मन्त्री बस्नेतले बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ९० औं वार्षिक उत्सव कार्यक्रमलाई आज सम्बोधन गर्न क्रममा यस्तो निर्देशन दिएका हुन् । मन्त्री बस्नेतले भने, ‘के(के पढाउन सक्नुहुन्छ तयारी गर्नुस् । आगामी शैक्षिक सत्रबाट पढाइ सुरु गर्ने तयारी गर्नुस् । अब आउने सत्रबाट पढाउन सुरु गर्ने हो भने नयाँ आयाम थपिन्छ ।’
मेडिकल शिक्षामा क्रान्तिकारी कदम अगाडि बढाउनुपर्ने बताउँदै उनले मेडिकल शिक्षा लिन विदेश जानुपर्ने बाध्यता हटाउनु पर्ने बताए ।


