काठमाडौं । राजनीतिकमा नयाँ समीकरण बनेसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास पुगेका छन्। उनी दुई वर्षपछि प्रचण्ड निवास गएका हुन् ।
यसअघि नयाँ गठबन्धन निर्माणका क्रममा माओवादी अध्यक्ष प्रचण्ड आइतवार ओली निवास बालकोट पुगेका थिए। त्यहीँ सात दलीय नयाँ गठबन्धन निर्माण भएको थियो।
त्यहाँ प्रधानमन्त्रीसमेत रहेका प्रचण्ड र ओलीबीच मन्त्रिमण्डल विस्तार र भावी सहकार्यबारे कुरा हुने बताइएको छ। ओली यसअघि अन्तिम पटक २०७७ पुस ४ गते प्रचण्डनिवास पुगेका थिए। नयाँ समीकरण बनेसँगै फेरि वाम एकताको चर्चा हुन थालेको छ ।


