काठमाडौं । भोलि हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनविरुद्ध निर्वाचन आयोगको कार्यालय अगाडि प्रदर्शन भएको छ।
‘संसदीय व्यवस्था मुर्दावाद’ भन्दै नाराजुलससहित प्रदर्शन गरिएको हो। सुरक्षाकर्मीहरुले प्रदर्शनमा उत्रिएका पाँच जनालाई पक्राउ गरेको छ। मौन अवधिको अन्तिम दिन आयोगको कार्यालय अगाडि नै प्रदर्शन हुनुले सुरक्षा चुनौती देखिएको आयोगले जनाएको छ।


