काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहिलो विदेश भ्रमण कतारबाट सुरु हुने भएको छ।
प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार उनी फागुन २० गते कतार जाने निश्चित भएको छ। उनी विकाससम्बन्धी सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्। दुई दिने भ्रमण सकेर उनी फागुन २२ गते काठमाडौं फर्कने कार्यक्रम तय भएको छ।
कतारको दोहामा हुने सो सम्मेलनमा विभिन्न देशका राष्ट्र प्रमुखहरूको सहभागिता रहनेछ।


