काठमाडौं । नयाँ विकसित राजनीतिक परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको घर बालकुमारी पुगेका छन् ।
कोटेश्वरस्थित नेपालको निवासमा चलिरहेको छलफलमा माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी छन् ।
कांग्रेससँगको सत्ता सहकार्य तोडेर नयाँ सत्तागठबन्धन बनाएका प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीलाई पनि सरकारमा ल्याउन चाहेका छन् ।


