काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ । निर्वाचनमा पहिलोपटक सहभागी भएको यस दलले राष्ट्रिय दलको मान्यता पाउने एकिन भइसकेपछि राउतले पछिल्लो समय राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्।
सोमबार भएको भेटमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको डा भट्टराईले जानकारी दिएका छन्।
भेटपछि ट्विट गर्दै भट्टराईले संवैधानिक समापतिको हैसियतले तत्कालीन सबै विद्रोही समूहहरुको राय लिन क्रममा सिंह दरबारमा भेट्दा औंला उठाउनेहरु अहिले गलत सावित भएको बताएका छन्। राउतले आफ्नो दल नयाँ बन्ने सरकारमा सहभागी हुने यसअघि नै बताइसकेका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटघाट सम्पन्न गरिसकेका छन् ।


