काठमाडौं । नेकपा माओवादी केन्द्रले भोलिसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले सोमबार मन्त्रिपरिषद्लाई विस्तार गरी डेलिभरीका कामहरूलाई तीव्रता दिने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए। बैठकमा संसद्लाई गतिशील र प्रभावकारी ढंगले अघि बढाउने विषयमा सत्तारुढ दलहरूसँग छलफल गर्ने विषयमा छलफल भएको थियो।
त्यसैगरी, संघीय सरकारको नीति तथा कार्यक्रमसँग जोडेर प्रदेश सरकारलाई पनि गतिशील बनाउनुपर्नेमा नेताहरूले जोड दिएका पौडेलले बताए।


