काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले आज विश्वासको मत लिएका हुन्।
चौधरीको पक्षमा ५३ मत र विपक्षमा २९ मत खसेको थियो। कांग्रेसका तर्फबाट मुख्यमन्त्री भएका चौधरीलाई माओवादी केन्द्र, नागरिक उन्मुक्ती पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए ।
एमालेका २९ सांसदले विपक्षमा मतदान गरेका थिए ।


