काठमाडौं । अर्थमन्त्रीसमेत रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्नो पार्टीले उठाएको उम्मेदवारले नै राष्ट्रपतिमा जित्ने दाबी गरेका छन् ।
उनले बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै यस्तो दावी गरेका हुन् । उनले वर्तमान सरकार बन्दा नै राष्ट्रपति एमालेले पाउने सहमति भएकाले सोही सहमतिको आधारमा एमाले उमेदवारले जित्ने बताए ।
ूयो सरकार जुन पृष्ठभुमिको बन्यो, यो सरकार बन्दा जे जस्तो सहमति सरकारमा सहभागी दलहरूका बिचमा बनेको छ । त्यो सहमति नै नेकपा९एमाले०का तर्फबाट अघि सारेको उमेदवारको जितको आधार हो,ू उनले भने ।


