काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले आफ्नै पार्टीको उम्मेदवार राष्ट्रपति बन्ने पक्का भइसकेको बताएका छन्।
उनले शनिबार प्रेस चौतारी नेपाल, पाल्पा शाखाले तानसेनमा आयोजनमा गरेको पत्रकार भेटघाटमा सत्ता गठबन्धन दलबीच भएको सहमतिनुसार राष्ट्रपति एमालेले नै पाउने जिकिर गरे।
कांग्रेसतर्फ संकेत गर्दै उनले धमिलो खोलामा माछा मार्न खोजेको आरोप लगाए। बाहिर चर्चामा आएजस्तो आफूहरू सशंकित नरहेको पनि उनले सुनाए।
कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने भन्दै माओवादीको सहयोग खोजिरहेको छ।


