काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि आज बिहान अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेललाई २४ घण्टा चिकित्सकको निगरानीमा राखिने भएको छ ।
राष्ट्रपति पौडेलमा दम र ग्यास्ट्रिकको समस्या छ । छाति दुख्ने समस्या देखिएपछि उनलाई मंगलबार बिहान ७ बजे गंगलाल हृदय रोग केन्द्र लगिएको थियो ।
अस्पतालका निर्देशक डा। चन्द्रमणि अधिकारीसहितको टोली राष्ट्रपति पौडेलेको उपचारमा संलग्न छ । उनलाई भीआईपीतर्फ ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा भर्ना गरिएको छ । पौडेलेको एन्जिओग्राम गरिएको छ ।
प्रारम्भिक रिपोर्ट राम्रै भए पनि चिकित्सकले उनलाई २४ घण्टा चिकित्सकको निगरानीमा राखेका छन् ।


