काठमाडौं । १४ किलो सुन तस्करीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सरसफाई सुपरभाइजर सुशीला पाण्डेलाई छानबिन समितिको टोलीले भक्तपुरबाट पक्राउ गरेको छ ।
विमानस्थल भन्सार कार्यालयका उप–सचिव मणिराम पौडेल नेतृत्वको समितिले १४ किलो सुन तस्करी प्रकरणको छानबिन गरिरहेको छ।
मङ्सिर २१ गते विमानस्थलबाट १४ किलो सुनसहित गोरखा बारपाक घर भएका ४५ वर्षीय चन्द्र घले पक्राउ परेका थिए।


