काठमाडौं । बिहान ७ बजेबाट इलाम–२ र बझाङ १ ‘क’ मा मतदान जारी छ ।
यसैबीच, इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उमेदवार सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका उमेदवार डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार मिलन लिम्बू, पहिचानवादी उमेदवार डकेन्द्रसिंह थेगिमले मतदान गरिसकेका छन् ।
१९ जना उमेदवारले नै आफ्नो आफ्नो क्षेत्रबाट मतदान गरेका छन् । इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि १९ जना उमेदवार चुनावी मैदानमा छन् ।


