काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलको नेतृत्वमा २२ नेता चीन प्रस्थान गरेका छन् ।
उनीहरु चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन गएका हुन् ।
भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा.राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, अखिल नेपाल महिला संघका अध्यक्ष दुकाभद्र हमाललगायत केन्द्रीय तहका नेता छन्। भ्रमण टोली १३ दिनसम्म चीनमा रहने बताइएको छ ।
भ्रमणको बेला नेपाल र चीनको द्विपक्षीय सम्बन्धका विविध पक्ष र एमाले तथा चिनियाँ कम्युनिष्ट पार्टीबीचको पार्टीगत सम्बन्धका विभिन्न आयामबारे छलफल हुने एमाले प्रचार विभागका सचिव विष्टले जानकारी दिए।


