काठमाडौं । जल तथा मौसम विभागले अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले यतिबेला गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको बताए ।
‘रातिदेखि नै वर्षा भइरहेको छ’, उनले भने, ‘काठमाडौं उपत्यकामा चाहिँ आज बिहान ३ बजेदेखि झरी टाइपको सिमसिम पानी परिरहेको छ।’
उनका अनुसार काठमाडौंमा उपत्यकामा जारी झरी तत्काल रोकिने सम्भावना देखिएको छैन। ‘दिउँसो केही बेर रोकिए पनि साँझतिर फेरि पानी पर्ने सम्भावना देखिएको छ’, मौसमविद् पौडेलले भने, ‘काठमाडौं उपत्यकामा आज त्यस्तो ठूलो वर्षाको सम्भावना त छैन तर झरी परिराख्ने सम्भावना छ, आज दिनभर मौसम खुल्ने सम्भावना देखिन्न।’


